• Home
  • Update
  • News
  • बाढिबाट प्रभावित व्यक्तिहरुको अवस्था र तथ्याँक

बाढिबाट प्रभावित व्यक्तिहरुको अवस्था र तथ्याँक

राप्तीसोनारी गाउँपालिका : बाँके जिल्लामा आएको बढिले राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, र नरयणापुर गाउँपालिकाको हजारौ मानिसहरु प्रभाभित भएका छन् । बाढिले गर्दा ६ जनाको मृत्यू, ४ जना घाईते र हजारौ घरहरु भत्केको छन् । बाढिले बाके जिल्लाको राप्ती सोनारी, डुडुवा र नारायणपुर गाउंपालिकाको १५०० घरधुरी भन्दा बढी डुवानमा परेको छ । बाढिले गर्दा राप्ती सोनारी गाउँपालिकाको वडा नं. ३ धामपुरका पाँच सयभन्दा बढी पिडित व्यक्तिहरु सरस्वती नेरा प्रावि खैरेनी र स्वास्थ्य चौकीमा बसिरहेका छन् । भने वडा नं. ४ का ८ सयभन्दा मानिसहरु जनभावना माविमा बसिरहेका छन् । त्यसैगरी वडा नं. ५ अलिनगरका ८ सय भन्दा बढि पिडित नेरा प्रावि चिलारिया र पनेरियामा बसेका छन् । वडा नं. २ टिकलीपुरका २२० परिवार सामुदायिक बहुमुखी क्याम्पसमा आश्रित छन् । वडा नं. ७ का १५० बसिन्दा विस्थापित छन् । भने राप्ती सोनारी गाउँपालिकाकै खल्ला झगडीयाका १६० जना सार्वजनिक स्थलमा त्रिपाल टांगी बस्न बाध्य छन् । डुडुवा गाउँपालिका : डुडुवा गाउँपलिकाको होलिया, बेतहनी, बनकट्टी, कम्दि र हिरमिनियामा बाढिले लगभग १७०० सय मानिसहरु प्रभावित भएका छन् । बाढिलेगर्दा घरहरु भत्केका छन् । पिडित व्यक्तिहरु विद्यालय, स्वास्थ्य चौकीमा आश्रयलिन बाध्य छन् । डुडुवा गाउँपालिका कै होलिया बेतहनी जोड्ने पुल र बाटो बगाउदा आवतजावत ठप्प छ । जसलेगर्दा राहत सामग्री पुरयाउन कठिनाई भईरहेको छ । नरायणापुर गाउँपालिका: नरायणापुर गाउँपालिकाको बिसम्वरपुर, सोनबर्षा, कालाफाँटा, मटेहिया, कटकुईया र लक्ष्मणपुर गाउँको १४०० जना मानिसहरु बाढिबाट प्रभावित बनेका छन् । अधिकाँश घरहरु भत्केका छन् । खाना लाउन धौ धौ भएको छ । महिला तथा बालबालिकाहरु विचल्लीमा छन् । घरमा भएको खाद्यन्न बाढिले बगायो र केहि खाद्यन्न बचेपनि पानी र बालुवमा मिसावट भएर खाना लाउन मिलेको छैन् । घरमा बाढि पसेर हिलैहिलो छ । घरमा चुल्हो बाल्न मिलेको छैन । बाढिलेगर्दा समग्र प्रभावहरु : बाढिले घरमा भएका खाद्यन्नहरु बगाएर लग्यौं । अहिले घरमा खानेकुरा केहि पनि छैन् । बाढिले क्षति पुर्याएको राप्ती सोनारी गाउँपालिकाको बैजापुर, बिनौना, महादेवपुरी क्षेत्रमा अहिलेसम्म कुनैपनि निकाय राहतका लागि पुगेका छैनन् । गाउँमा पिडितको बिचल्ली भएको छ । दुईदिनदेखि भोकभोकै बस्न बाध्य छन् । विस्थापितले आफन्तका घर, विद्यालय तथा सरकारी भवनमा आश्रय लिईरहेका छन् । बाढि पसेर बिचल्ली बनाएको कारण कसैको चुलोमा आगो बलेको छैन् । बाढिले बगाएको पशु चौपायाले गाउँ दुर्गन्धित हुन थालेको छ । बाढिले गर्दा पिडित व्यक्तिहरुले शुद्धखानेपानीको पिउन पाएका छैनन् । अहिले गाउँमा शुद्ध पानीको अभाव छ । अहिले पिडित व्यक्तिहरुलाई बस्ने घर छैन् । बाढिबाट बालबालिका, महिला तथा बृद्धबृद्धाहरु ज्यादै प्रभावित भएका छन् ।